add

चेम्बर र यूएनडीपी बीच सहकार्य गर्ने सम्झौता






ActPro Nepal

|

३ पुष, २०८१

|
6

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपी बीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र यूएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरे ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपत् व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाइएको छ ।

चेम्बर अफ कमर्श र यूएनडीपी बीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउनेछ । राष्ट्रसङ्घीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपूर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

यूएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसङ्घीय लक्ष्यहरु पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताए। नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्वपूर्ण भएको उनले बताए ।

निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए। नेपालको हिमाल जोगाउन तथा जलवायु परिवर्तनविरुद्ध चेम्बरसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.