add

नेपाल र चीन बीच बीआरआइमा जुट्यो सहमति, ‘फ्रेमवर्क’मा हस्ताक्षर






ActPro Nepal

|

२० मंसिर, २०८१

|
84

काठमाडौं । नेपाल र चीन सरकार बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआइ) कार्यान्वनय बारे सहमति जुटेको छ ।

बुधबार दुई देश बीच चीनले बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो।

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।

यसअघि मंगलबार नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा चिनियाँ पक्षले रिजर्भेसन राख्दा हस्ताक्षर हुन सकेको थिएन । तर, दुवै देशका अधिकारीहरुले थप छलफल गरी सहमति जुटाएका हुन् ।

यससँगै नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई औपचारिक रुपमा अघि बढाउने बाटो खुलेको छ ।

फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को सट्टा सहायता (एड) शब्द राखेर सहमति गरिएको बताइएको छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.