add

कन्ट्री रेटिङमा नेपालले पायो 'बी प्लस'






ActPro Nepal

|

७ मंसिर, २०८१

|
64


काठमाडौं । नेपालले सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ रेटिङ पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच क्रेडिट रेटिङ्स’ले नेपाललाई उक्त रेटिङ दिएको हो ।


नेपालमा विदेशी मुद्रा सञ्चिति  र बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा फिचले नेपाललाई बीबी माइनस रेटिङ दिएको हो ।


नेपालले पाएको यो रेटिङ भारत बाहेक अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा राम्रो हो । भारतको भन्दा दुई स्थान तलको हो भने दक्षिण अफ्रिाकाको समान हो ।

नेपालको कन्ट्री रेटिङ गर्न फिच टोली गत भदौ अन्तिम साता नेपाल आएको थियो । कम्पनीले आज नेपालको रेटिङ सार्वजनिक गरेको हो ।

कुनै पनि देशको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरण सम्बन्धी स्वतन्त्र मूल्यांकनका लागि कन्ट्री रेट्रिङ गरिन्छ । क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरूले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्ने गर्छन् ।

सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरूबारे जानकारी दिन्छ । रेटिङ कम्पनीले सम्बन्धित मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गरेर रेटिङ दिन्छ ।

कन्ट्री रेटिङकै आधारमा विदेशी लगानीकर्ताहरूले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्ने गर्छन् । त्यस्तै, कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गरी ऋण उठाउन क्रेडिट रेटिङ अनिवार्य रूपमा चाहिन्छ ।

रेटिङ एजेन्सीले देशको समग्र अवस्थाको अध्ययन गरी ‘एएए’ ‘ट्रिपल ए) देखि सी ग्रेडसम्म रेटिङ दिन्छन् । ट्रिपल एले सबैभन्दा बलियो अवस्था र सीले सबैभन्दा कमजोर अवस्था जनाउँछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.