add

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दुभन्दा तल झर्यो






ActPro Nepal

|

६ मंसिर, २०८१

|
66

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से अन्तयमा ३१ अंकले घटेर बन्द भएको हो । समग्रमा यस साता नेप्से ६९ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा आइपुगेको छ । ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोड रुपैयाँले बढे ८ अर्ब २५करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.८६ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक २५ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

जानकी फाइनान्सका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.