add

दैलेखमा पेट्रोलियम पद्धार्थ पत्ता लगाउन ३ किमी बढी ‘ड्रिलिङ’ सकियो






ActPro Nepal

|

२९ कार्तिक, २०८१

|
123

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

४ हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ( ३१०० मिटर) ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।

दैलेखमा गत असार अन्तिमदेखि ड्रिलिङको काम सुरू गरिएको थियो। ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ ।

महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको छ । अबको डेढ/दुई महिनामा ड्रिलिङको काम सक्ने लक्ष्य राखिएको आयोजनाले बताएको छ ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो । विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को काम सुरु भएको थियो ।

पेट्रोलियम अन्वेषणका लागि सन् २०१९ मा ४ वर्षको सम्झौता भएको थियो । सो अवधिमा कोभिडका कारण चिनियाँ टोली नेपाल आउन नसक्दा कामले गति लिन सकेको थिएन । त्यहाँ ४०० वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान छ।

भैरवी गाउँपालिका-१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी रु एक लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहण गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.