काठमाडौं । काठमाडौंको शंखरापुरमा दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
घटनामा संलग्न भुजेलले बौद्ध प्रहरी कार्यालयमा पुगेपछि आफूले गल्ती स्वीकार गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका हुन्।
सो घटनामा भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक र पछाडि सवार महिलाको अवस्था गम्भीर छ।
घाइते महिला हाल ग्राण्डी अस्पतालमा उपचाररत छिन्। घटनापछि सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो। आक्रोशित स्थानीयले सडकमा टायर बाल्नुका साथै ढुंगामुढा गर्दै विरोध जनाएका थिए।
दुर्घटनापछि भुजेल फेसबुक लाइभमार्फत आफ्नो भनाइ राख्दै आफूले दुर्घटना रोक्न प्रयास गरे पनि असफल भएको उल्लेख गरे। भुजेलले घटनास्थलको स्थिति गम्भीर बनेपछि आफ्नो सुरक्षाका लागि भागेको र पछि प्रहरीमा गएर आत्मसमर्पण गरेको बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।