add

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी मेक्सिको प्रस्थान






ActPro Nepal

|

२७ कार्तिक, २०८१

|
72

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गरेका छन्।

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्री अधिकारीको मकै र गहुँवाली प्रर्वद्धन सम्वन्धी दुईपक्षीय र बहुपक्षीय बैठकहरुमा सहभागी हुने कार्यक्रम रहेको छ।

छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौता अनुरुपका अनुसन्धान तथा विकासका क्रियाकलापहरु र संयुक्त कार्यक्रम विकासकोे योजना तयार  गरिनेछ।

मन्त्री अधिकारीले  मेक्सिकोको कृषि सम्वन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन्।  

मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरुपका क्रियाकलापहरुमा टेवा पुग्ने छ।

मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारी लगायत छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.