add

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने






ActPro Nepal

|

१४ कार्तिक, २०८१

|
111

काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०४४ को नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकट बिक्रीमा रोक लगाएर आफैंले  भाैतिक रूपमा टिकट बिक्री गर्ने भएको हो ।

यससँगै अब फाइनल खेलको टिकट भोलि बिहान ८ बजेदेखि टिकट बिक्री खुला गरिने छ । भौतिक रुपमा उपस्थित भई एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट किन्न पाइने एन्फाले जनाएको छ ।

एन्फाका अनुसार फाइनल खेलको ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बिक्री गरिने एन्फाले जनाएको छ । टिकटको मूल्य टिकटको मूल्य ५०० र १ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको भने पैसा फिर्ता दिइने छ । एक जनाले बढीमा प्याराफिटतर्फ ५ वटा र भीआइपीतर्फ २ वटा मात्रै टिकट किन्न पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.