add

चीनमा नेपालकी सुनमायाले जितिन् कीर्तिमानसहित ट्रेल रेस उपाधि






ActPro Nepal

|

५ कार्तिक, २०८१

|
9

काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन्।

अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्दै सुनमायाले उपाधि जितेकी हुन्। उनले निर्धारित ६० किलोमिटर दुरी सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन्। 

दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् भने रुक्षफाङ चोउ तेस्रो भइन्।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइहरेकी छन्। उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.