add

विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची






ActPro Nepal

|

५ कार्तिक, २०८१

|
96

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटबढ भएको छैन। तर, युरो, कुबेती दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर भने घटबढ भएको छ। 

आज युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढ्दा अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा छ। 

हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो  पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा थियो। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८८ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८९ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.