add

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटली प्रस्थान






ActPro Nepal

|

२८ असोज, २०८१

|
169

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आइतवार त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए। मञ्चको बैठक सोमवार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ। बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उनले जानकारी दिए।

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.