काठमाडौं । सरकारले थप ५७ वटा हिमालहरू आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
सोमबार (असोज २० गते) बसेको मन्त्रिपरिषद् बैठकले आरोहणका लागि अहिलेसम्म खुला नभएका ५७ वटा हिमाल आरोहण खुला गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरूको आरोहणका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।