add

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्ने






ActPro Nepal

|

११ असोज, २०८१

|
170

काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्न लागेको छ। क्यानडाको किङ्ग्स सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल ९ः४५ बजेबाट सुरु हुनेछ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा ओमानसँग आइतवार खेल्नेछ भने मङ्गलवार अक्टुबर १ मा क्यानडासँग खेल्ने छ। बुधवार अक्टुबर २ मा फेरि ओमानसँग खेल्ने छ।

आइसीसि विश्वकप क्रिकेट लिग २ को एक दिवसीय सिरिज अन्तर्गत एक खेलमा पनि जित निकाल्न नसकेको नेपालले शनिवार जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.