add

निगमको अन्तर्राष्ट्रिय टिकट अब काठमाडौं बाहिर ४ ठाउँबाट काट्न मिल्ने






ActPro Nepal

|

१० असोज, २०८१

|
152

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडानको टिकट अब काठमाडौं बाहिर ४ ठाउँबाट काट्न मिल्ने भएको छ ।

हाल काठमाडौं बाहिर भैरहवाबाट मात्रै मात्र टिकट बिक्री गर्दै आइरहेको निगमले अब विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको हो ।

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

‘आगामी बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको ‘वेब–साइट’बाट ‘अनलाइन टिकट’लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले टिकेटिङको सेवा लिने निगमको विश्वास छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.