काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई करसहति ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न कात्तिक ५ गते पन्ध्रौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे सुरू हुनेछ ।
त्यस्तै, कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न संचित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।