add

माछापुच्छ्रे बैंकले ल्यायो अफरै अफर






ActPro Nepal

|

६ असोज, २०८१

|
237

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै डिजिटल सेवाहरूमा अफरै अफरहरू संचालनमा ल्याएको छ ।

बैंक असोज १७ गतेदेखि २४औँ वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकका डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको छ ।

बैंकका अनुसार असोज १ देखि ३० गतेसम्म बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड सुविधा लिने नयाँ ग्राहकले विशेष छुट पाउने छन् ।

बैंकको डेबिट कार्ड लिने ग्राहकले पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउने छन् ।

त्यस्तै, बैंकले ५ वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४०० रुपैयाँमै क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतितशसम्म, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्डको पहिलो वर्ष २४ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टहरूबाट वस्तु तथा सामान खरिदमा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा पाउने छन् ।

बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रर्वधनको लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ । सही उत्तर दिने सहभागीहरू मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.