add

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली जारी, यस्ता छन् व्यवस्था






ActPro Nepal

|

१ असोज, २०८१

|
179

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली-२०८१’ जारी गरेको छ ।

बैंक खाता रोक्का र फुकुवा सम्बन्धी प्रक्रियालाई थप स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन नेपाल राष्ट्र बैंकले उक्त विनियमावली जारी गरेको हो ।

राष्ट्र बैंकले असोज १ गतेदेखि लागू हुने गरी उक्त विनियमावली जारी गरेको हो । यसअघि बैंक खाता रोक्का र फुकुवा सम्बन्धी व्यवस्था भए पनि छुट्टै विनियमावली जारी भएको थिएन ।

प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्नेछ । बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्नेछ । यस्तो पत्र इमेलमार्फत समेत पठाउन सकिने विनियमावलीमा उल्लेख छ ।

अधिकार प्राप्त अधिकारी बाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा राष्ट्र बैंकले खाता रोक्का सम्बन्धी प्रक्रिया अघि बढाउने छैन । कुनै कसुरको अनुसन्धानका सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने व्यवस्था विनियमावलीमा गरिएकोे छ ।

विनियमावलीमा प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीन पुस्ते कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर, कुनै निश्चित खातामात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण र आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण आवश्यक पर्नेछ ।

तर प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारीबाहेकका व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने विनियमावलीमा उल्लेख छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.