विराटनगर । जिल्ला अदालत उच्च अदालत विराटनगरले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृषणाचार्य महायोगी सिद्धबाबालाई सफाइ दिएको छ ।
मंगलबार उच्च अदालतका न्यायाधिस विमल सुवेदी र राजेन्द्र अधिकारीको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो।
बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो ।
अनुयायी बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २७ भदौ २०८० मा सिद्धबाबालाई सफाइ दिएको थियो । त्यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाइ दिएको थियो ।
तर, उच्च अदालत विराटनगरले पुनः प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्लामै मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो । २०७६ कात्तिक दोस्रो साता राति साढे १२ बजे चतरास्थित आश्रममा महायोगी सिद्धबाबाले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायी एक महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जगद्गुरू महायोगी सिद्धबाबाले लगातार तिन पटक सम्म अदालतबाट सफाइ पाइसकेका छन् । तथापी एक विरक्त साधु सन्त धर्म ध्वज, धर्मवृक्ष माथिको यो बारम्बारको प्रहारले हाम्रो आदिवैदिक धर्मको निकास कस्तो होला प्रश्न उठ्छ ।
पछिल्ले समय नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने, वैदिक सनातन संस्कृतिको व्यापक प्रचार गर्ने, भगवान्नाम मार्फत संस्कार संस्कृतिको निर्माण गर्ने महायोगी सिद्धबाबा योगदान महत्वपुर्ण रहदै आइरहेको छ। उनको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिको एउटा ढोका समेत उनका अनुयायीहरु बताउछन्। उनिहरुका अनुसार उनलाइ डाह गर्ने तत्व र धर्म संस्कृति नास गर्न चाहने तत्वको संयोजनबाट प्रायोजन गरेको षडयन्त्रको पराकाष्ट हो यो तथाकथित जबरजस्ती करणी प्रकरण । चिने श्रीखण्ड नचिने खुर्पाको बिंड जस्तै पारिएको छ महायोगी सिद्धबाबा लाइ हुदै नभएको घटनालाई जबरजस्ती करणी भन्ने प्रपन्च निन्दनीय छ । यहाँ यदि साधु सन्त त सुरक्षित छैनन तिनका भने तिनका सत्चरित्रवान पिता, पति, भाइ, पुत्र कोही पनि सुरक्षित छैनन् सत्पुरुषहरु पनि असहाय बनाइएका छन् ।
जगद्गुरु महायोगी सिद्धबाबा को हुन ?
ज्ञान, वैराग्य र भक्तिको अगाध र अनन्त सागरमा डुबेर जुन महात्माहरूले अनमोल मोतीहरूको संग्रह गरी सारा जगतलाई नै समर्पित गरिरहेका छन उनिहरु मध्ये त्रिडण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबाको नाम पनि सर्वोपरी छ ।
हिमालय क्षेत्रदेखि मरूभूमीय प्रदेशसम्मका भौगोलिक कठिनाइ र वातावरणीय प्रतिकूलतामा पनि अविचलित रही तपस्यारत रहेर झण्डै ४०० वर्षदेखि विकीर्ण अवस्थामा रहेको सुरत शब्दयोग अर्थात् हिमालयन सिद्धमहायोगलाई आफ्ना गुरूजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रूपमा प्राप्त गरेका उनले स्पर्श, दृष्टि, मन्त्र वा सङ्कल्प मात्रले पनि हरेक मनुष्यमा रहेको त्यो दिव्य कुण्डलिनी शक्ति जागृत गराउन सक्ने एक समाधिसिद्ध महापुरूषका रुपमा लिइन्छ ।
नेपालको सोलुखुम्बु जिल्लाको जुबु गाउँमा जन्मिएका उनि ९ वर्ष को उमेरमा अद्भुत इश्वरीय संयोजन बाट आफ्नो गुरुआश्रम भारतको मुम्बई नजिक नासिक पुगे । नासिक, अयोध्या, उत्तरकाशी, बद्रीनाथ, हरिद्वार, राजस्थान र बनारस नजिक नेबडियामा गुरुसानिध्य र गुरुआश्रममा रही महायोगको सर्वाङ्ग विद्या प्राप्त गरे । साधना संगसंगै उनले आयुर्वेद , रसायन विज्ञान, ज्योतिष विज्ञान , नाडी विज्ञानमा अद्भुत ज्ञान आर्जन गरे । उनले साधारण कपडाले मात्र आफुलाई ढाकेर चिसो र कठाङ्ग्रिदो मौसममा मौन व्रत तथा ध्यान गर्न समेत पछि हटेनन् ।
जाडो मौसममा उनले उत्तरकाशी , केदरनाथ, बद्रीनाथ, मानसरोवर, मुक्तिनाथका गुफा, ओढारहरुमा तपस्या गर्न देखि लिएर गर्मी याम, उष्ण प्रदेशको झरी तथा पञ्चाग्निको सेवन गदै विभिन्न योग तथा साधना गरि सिद्धि प्राप्त गरे । तपस्वी जीवानकै क्रममा उनले आयुर्वेद र खगोल विज्ञानमा समेत विशिष्टता प्राप्त गरे । विज्ञानको अध्ययन, अन्वेषण र साधान सँगै आफुलाई अध्यात्म पथमा नै समर्पित गरे । आफ्ना ज्ञान र अनुभवलाई आधार बनाई आफुमा विभिन्न परिक्षणहरु समेत गर्न थाले । कहिले निराहार व्रक्त बसे त कहिले दुधको आहार मात्र लिएर महिनौ उपबास बसे । यस महायोगको साधनाबाट सासै नफेरी बस्न सक्ने , मृत्युलाई पन्छाउने योगको उच्चतम अवस्था समाधिको विशिष्ट ज्ञान र क्षमता आर्जन समेत गरे ।
बाल्यकालदेखि नै निकै जिज्ञासु स्वभाव वाला महायोगी सिद्धबाबा बेला बेलामा विभिन्न अनौठा किसिमका क्रियाकलापहरु गरेर बल्यकालमै सबैलाई चकित समेत पार्थे । जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी भन्ने महान उक्तिलाई चरितार्थ गर्न उनि नेपाल फर्के नेपालमा उनले वराहक्षेत्र चतरा धाम तथा पोखरा नदिपुर स्थित आश्रममा सास नफेरी बस्न सक्ने समाधि अवस्था गरे । तत्पश्चात २०६५ सालमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ नामक संस्थाको स्थापना गरी असहाय रोगीहरुको आयुर्वेद, नाडी विज्ञानबाट औषधि उपचार गरी स्वास्थ्य लाभ गराए र २०७१ साल चैत्र शुक्ल पूर्णिमाको शुभ दिवसको पावन अवसरमा नेपालकै सबैभन्दा अग्लो रामनाम रसिक संकटमोचन सिद्ध श्रीहनुमानजीको विग्रहमा वैदिक विधि अनुसार प्राण प्रतिष्ठा गरी हिमालयन सिद्धमहायोगको माध्यमबाट यस घोर कलिकालका जीवहरूका अन्तःकरणमा भगवान नामको प्रतिष्ठा समेत गरे ।
नेपाल र नेपालीहरूको समृद्धिका लागि उनले १ नम्बर प्रदेश सरकारसंग सहकार्य गर्ने गरी हरितक्रान्ति अभियानको समझदारी गरी सुरूवात पनि गरे । यसै क्रममा ७०७ वर्ष पश्चात विश्वमै दोस्रो र नेपालमा प्रथम पटक १२०० तारक मन्त्र दीक्षित साधकहरूका साथमा २०७५ माघ २६ गते बाट १० दिवसीय श्रीराम तारक ब्रह्म महायज्ञ वराहक्षेत्र चतरा धाममा सम्पन्न गरे । सोहि क्रममा उनलाइ आफ्नो श्रीगुरु परम्पराका एवं सम्पूर्ण भारतवर्षका श्रद्धेय सन्त श्रीराम जन्मभुमि न्यास ट्रष्टका अध्यक्ष एवं श्रीमणिराम पीठ छावनिका पिठाधिश्वर महन्त श्रीनृत्यगोपालदास जी महाराज लगायत चारै सम्प्रदायका सन्तहरूबाट जगद्गुरु घोषणा गरी भारतको अयोध्यामा आयोजित विशाल सन्त सम्मेलनमा षड्संप्रदाय र अनि अखाडाका महान विभूतिहरुको एकमतले धर्म चक्रवर्ती तुलसी पिठाधिश्वर जगद्गुरु श्रीरामानन्दाचार्य श्रीरामभद्राचार्य जी महाराज लगाएतका विभूतिहरुका करकमलबाट त्रिदंड तिलक प्रदान गर्दै जगद्गुरु श्रीरामनान्दचार्य स्वामी रामकृष्णाचार्यको पदमा प्रतिष्ठित गरी विभूषित गरियो ।
यस धराधाममा दुर्लभ रूपमा पाइने समाधि सिद्ध महापुरुषका रुपमा चिनिन्छन् । उनलाइ नेपालको ठूलो सम्पत्ति र विभूतिको रुपमा समेत लिइन्छ ।
विश्व शान्ति तथा जीव ( जगत एवं मानव कल्याण हेतु जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य ( महायोगी सिद्धबाबा ) को सत्सङ्कलपमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ ( श्रीराम तारकब्रह्म पीठ ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा पशुपतिनाथ मन्दिर परिसर काठमाण्डौंमा मिति २०७९ साल श्रावन २ गते देखी १० गते सम्म ऐतिहासिक अभिषेकात्मक अतिरूद्र महायज्ञ एवं २०८० साल श्रावन २ गते देखी ३२ गते सम्म नेपालको इतिहासमा प्रथम पटक कलियुगमा अत्यान्त दुर्लभ मानिएको श्रीरामार्चन महायज्ञ एवं २०८१ वैसाख १ गते देखी ११ गतेसम्म भारतबर्षमै विधिविधान पूर्वक प्रथम पटक एवं नेपालको ऐतिहासिक र्वरूपमा संकटमोचन श्रीहनुमद् महायज्ञ सम्पन्न भयो ।
नेपालको पूर्वि क्षेत्रमा स्थित प्राचिन हरिद्वारको नामले प्रसिद्ध वराहक्षेत्र चतरा धाम पृथ्विको पहिलो तिर्थ धाम भएकाले नेपालको धर्म संस्कृतिको जगेर्ना गर्न र पर्यटन प्रवर्द्धन गर्न उक्त क्षेत्र लाई जसरी विकास गर्न आवश्यक छ सोही अनुसार जगद्गुरू महायोगी सिद्धबाबाको पहलमा कार्यहरू पनि भइरहेको देखिएको छ यसले नेपालको र त्यस क्षेत्रको समृद्धिमा धार्मिक पर्यटन मार्फत ठूलो सहयोग पुर्याउने छ
जगद्गुरू महायोगी सिद्धबाबाको पहलमा भएका कार्यहरू :
जगद्गुरू महायोगी सिद्धबाबा स्वास्थ्य , शिक्षा , संस्कार , समृद्धि र शान्ति ( पञ्च स ) लाइ मुल मन्त्र मानेर हिमालयन सिद्ध महायोग ( सूरत शब्दयोग ) को माध्यमबाट मनुष्यमा देवत्व जगाउने अभियानमा लागी रहेका छन् । साथै देशमा आयुर्वेद विश्वविधालय को स्थापनाको लागी पनी पहल गरिरहेका छन् ।
उनि स्वयं एक अयुर्वेदिक अनि नाडी विज्ञ पनि हुन । उनले असङ्ख्य बिकट स्थानमा गएर प्रत्यक्ष उपस्थित भइ मानवजातिको दिन रात भोक प्यास नभनि अहोरात्र सेवा गरिरहेका छन । जगद्गुरू महायोगी सिद्धबाबा पिठाधिश्वर रहेका जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पिठ (श्रीराम तारकब्रह्म पीठ ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले राष्ट्र लाइ परेको महाविपद ( भुकम्प , बाढिपहिरो इत्यादि ) मा सधै नै सहयोग गर्दै आइरहेको छ । निस्सुल्क भोजन शिविर अनि आपद ( विपद राहत कोषको समेतको व्यवस्था गरेको छ ।
कोभिड -१९ को क्रममा देशलाइ परेको महाविपदको उक्त भयावह अवस्थामा पनि जगद्गुरू महायोगी सिद्धबाबाको एक अह्वानमा आश्रम स्थित जानकी नीलयम भवनको ६० कोठामा १५० बेड रहने गरी प्रदेश नं १ सरकार र जगद्गुरू श्रीरामानन्दचार्य सेवापीठ संगको सम्झौता र सहकार्यमा कोरोनाको लागी होल्डीङ् केन्द्र को सुरूवात भएको थियो । पूर्वाञ्चलकै सबैभन्दा सुविधा सम्पन्न होल्डिङ् सेन्टरका नामबाट प्रसिद्ध उक्त भवनका सबै कोठाहरूमा व्यवस्थित शौचालय पनी रहेको कारणले बिरामीका लागी निकै सहज भएको थियो । भक्तहरू आफू बसिरहेका कोठाहरू समेत खाली गरी अन्यत्र नै बसेर देशलाइ पर्दा पुनः जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ अनि पीठ समीतिका सम्पूर्ण पदाधिकारीहरूले उक्त महाविपद् ( कोभीड - १९ ) को समयमा बिरामीहरूका लागी सुविधा सम्पन्न ६० कोठे भवन उपलब्ध गराएर आफ्नो कर्तव्य निर्वाह गरेका थिए ।
जगद्गुरू महायोगी सिद्धबाबा पञ्च स अर्थात स्वास्थ्य , शिक्षा , संस्कार , समृद्धि र शान्ती को संकल्पका साथमा स्वच्छ नेपाल , स्वस्थ नेपाल , स्वरोजगार नेपाल ,समृद्ध नेपाल , सु - संस्कारी नेपाल र हरीत क्रान्ति अभियान अनि आपसि भाइचारा , आपसी सद्भाव को अभियानका लाइ लिएर अगाडी बढिरहेका छन ।
उनले हिमालयन सिद्धमहायोग साधना तथा आयुर्वेदको माध्यमबाट कुलतको दुर्व्यसनमा फसेका कयौं युवाहरूलाइ आज जीवनको सहि मार्गमा हिड्नलाइ प्रेरणा दिनका साथै जीवन देखी हार खाएका कयौं व्यक्तिहरूलाइ जीवनको सहि बाटो देखाइ आपसी भाइचारा , सद्भाव , आपसी मेलमिलाप , सबैमा भगवद्भक्ति , प्रेम , सुविचार बाड्दै स्वच्छ र स्वस्थ समाज अनि देशको सर्वाङ्गिण उन्नतीमा अहोरात्र लागिरहेका छन ।
जगद्गुरू महायोगी सिद्धबाबा द्वारा संचालित हिमालयन सिद्धमहायोगको साधना लिए पश्चात कयौं व्यक्तिहरूले मानव जीवनको सहि परिचय पाएर हाँसी खुसी बसेका ज्वलन्त उदाहरण आजको दिनमा यसै समाजमा बिधमान छन । क्यान्सर जस्तो रोग त्यो पनी अन्तिम अवस्था को र मेडीकल उपचार बाट सम्भव नभएर हतास अनि निराश भएर बसेका बिरामीहरूलाइ पनि उनि बाट संचालित त्यो अति दुर्लभ दिव्य साधना र आयुर्वेदिक उपचार पद्धतिबाट प्रत्यक्ष लाभान्वित भइ उहाँलाई कृतज्ञता व्यक्त गरेका उदाहरण पनी हाल यसै समाजमा बिद्धमान छन । यस घोर कलिकालमा उचित पात्रलाइ मात्र प्रदान गर्नुपर्ने वेदान्त दर्शन जस्तो अति दुर्लभ , गहनिय र रहस्यमयी ब्रह्म तत्त्वरूपी ब्रह्मसूत्रलाइ पनि धर्मसभाको माध्यमबाट सबैका लागी सहज बनाइ स्थुल शरिरधारी तथा सुक्ष्म असंख्य जीवहरूको कल्याण गरिरहेका छन ।
जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पिठको दक्षिण तर्फ रहेको साधना हलमा बहुआयामिक राष्ट्रिय ,क्षेत्रिय लगायत प्रदेशका कार्यक्रमहरू मासिक रूपमा हुने गरेका छन ।
नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने, वैदिक सनातन संस्कृतिको व्यापक प्रचार गर्ने, भगवान्नाम मार्फत संस्कार संस्कृतिको निर्माण गरी वेदान्त दर्शनको माध्यमबाट असंख्य जीवहरुको कल्याण गर्ने अभियानका जगद्गुरू महायोगी सिद्धबाबा उदियमान तारा हुनहुन्छ उनको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिका सम्पूर्ण ढोकाहरू समेत खुल्नेछन् शास्त्रमा भनिएको छ तिर्थलाइ तिर्थको रूप दिने भगवानका आत्मा स्वरूप सन्त नै हुन ।
देश तथा विदेशमा फैलिएका जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठका पवित्र केन्द्रहरू एवं रामानन्दिय सम्प्रदायको मुल गद्दी हो जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ( श्रीराम तारकब्रह्म पीठ ) । पीठमा पाँच हजार बर्ष पश्चात स्थापित भएको भगवान श्रीरामानन्दाचार्यको आचार्य गद्दी र चरणपादुका विश्वभरीमा छरिएर रहेका रामानन्दीय सन्तहरु, तपस्विहरु एवं अनुयायिहरूको श्रद्धाको केन्द्र बिन्दु हो । यो परम सौभाग्य र गर्वको विषय हो कि विश्वको एकमात्र तारकब्रह्म पीठ नेपालको पूर्वि भाग वराहक्षेत्र चतरा धाममा अवस्थित छ । श्रीराम तारक ब्रह्म पीठका वर्तमान पीठासीन आचार्य जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य ( महायोगी सिद्धबाबा ) पनि स्वामी श्रीरामानन्दाचार्य जी कै प्रतिमूर्तिका रुपमा मानिन्छन् । उनका संकल्प,ज्ञान,वाग्मिता,उदारता र संयोजन चेतना यस्तो छ , जसबाट यो विश्वास गरिन्छ कि स्वामी श्रीरामानन्दाचार्यको व्यक्तित्व कस्तो थियो होला भनेर । वर्तमान जगद्गुरू रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य जी महाराजका सत्प्रयासहरूको नतीजा हो कि एक समयमा हराउँदै गएको संस्कार , संस्कृति , धर्ममा आपसी समभाव ,आपसी भाइचारा , दया , करूणा , प्रेम , भक्ति आदिले वैष्णव सूत्रमा बाधिएर सत्विचार तथा सत्चरित्रको एकरूपता स्थापित गरिरहेका छन ।
आचार्य त्यो हो जसको आचरण हाम्रा लागी अनुकरणिय होस । आचार्य आफ्नो विषयका ज्ञाता , ज्ञानका विशाल भण्डार , कर्मका अधिष्ठाता एवं उपासनाका पुनित केन्द्र हुन्छन । उहाँहरूको जीवनको प्रत्येक क्रियाकलाप आदर्शयुक्त र परिपालनिय हुन्छ । आचार्य आफैंमा सर्वङ्ग पूर्ण पुरूष हुन्छन , यसैकारण समस्त जगत उनिहरूको अनुकरण र अनुशरण गर्दछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।