पत्रकार महासंघको चुनावका लागि तात्याे प्रेस सेन्टर






ActPro Nepal

|

२२ भदौ, २०८१

|
217

काठमाडौं । नेपाली पत्रकारहरुकाे साझा संस्था नेपाल पत्रकार महासंघको चुनावमा नेतृत्व लिनका लागि माओवादी निकट पत्रकार संगठन प्रेस,सेन्टर एक जुट भएर लागि परेकाे छ। केन्द्रीय साधारणसभा सम्पन्न भएको ६ महिनापछि सुचना जारी गरेर  असोज ५ गते चुनावको मिति घोषणा गरेसँगै माओवादी निकट पत्रकारको संगठन प्रेस सेन्टरमा उम्मेदवारीकाे चर्चा र नेतृत्वमा कसलाई ल्याउने भन्ने चुनावी सरगर्मी तिव्र रुपमा बढेको हो ।

विधान अनुसार साधारणसभा सम्पन्न भएको एक महिनाभित्रै हुनुपर्ने भएपनि सदस्यता विवादका कारण देखाएर राेकिएकाे निर्वाचन असोज ५ गते हुने भनिएकाे छ। निर्वाचनबाट  केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नेतृत्व चयन एकसाथ हुँदैछ । 

काठमाडौं उपत्यकामा प्रेस सेन्टरको बलियो उपस्थिति देखिएको छ र यसपटकको निर्वाचनमा प्रेस सेन्टरले कसलाई उम्मेदवार बनाउने भन्ने विषयले प्रेस युनियन र प्रेस चौतारीकोे ध्यान केन्द्रित गरेको छ ।

विशेषगरी ललितपुर र काठमाडौं जिल्लामा प्रेस सेन्टरको संगठन राम्रो रहेको छ भने भक्तपुर जिल्लामा पनि आफ्नो अवस्था सुदृढ गरेको उसले जनाएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेशको अध्यक्ष पदमा टेनिस रोकाको नाम चर्चामा रहेको छ । उनी उपत्यका प्रदेशका हालका महासचिव समेत हुन् । त्यसैगरी महासंघको महासचिवमा धनञ्जय बुढा र कोषाध्यक्षमा अजित अधिकारीको चर्चा छ ।

त्यस्तै, काठमाडौं जिल्ला अध्यक्षका लागि शोभा अर्याल र ललितपुर जिल्लाका अध्यक्षका लागि रामहरि कार्कीको उम्मेदवारी सुनिश्चित जस्तै भइसकेको बताइएकाे छ । सचिवका लागि ललितपुरमा दिपक अर्याल र काठमाडौंको बुद्ध योञ्जनको चर्चा रहेको प्रेस सेन्टरका एक सदस्य बताउँछन्  । यसैगरी भक्तपुरमा पत्रकार महासंघका वर्तमान सचिव सन्जिप शुभचिन्तकको नेतृत्वमा चुनावी प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यहरूका लागि पत्रकार महासंघ काठमाडौका वर्तमान अध्यक्ष सूर्य सुवेदी र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहालको बलियो सम्भावना देखिएको स्राेत बताउँछ । एसोसियट प्रदेशको अध्यक्षमा रोयल आचार्य,  प्रतिष्ठान प्रदेशको अध्यक्षमा रघुनाथ बजगाई, वागमती प्रदेशको अध्यक्षमा कृष्ण सारु मगरको नाम चर्चामा छ । त्यसैगरी प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार विरेन्द्र वली, वागमतीबाट मिनकुमार दाहालको नाम चर्चामा छ ।

त्यसैगरी खुला केन्द्रीय सदस्यहरूमा सागर न्यौपाने, अर्जुन पन्तको नाम अग्रपंक्तिमा रहेको छ ।

मधेशी सचिव पदमा अनिल कुमार झा र एसोसिएटको सचिव पदमा योगेश खपाङ्गीले आकांक्षा राखेका छन् । जन्मदेव जैशीले पत्रकार महासंघको अध्यक्षमा आकाँक्षा देखाएर जिल्ला दौडलाई तिब्रता दिएका छन्, तर उनलाई संगठनले टिकट दिने कुरा प्रेस सेन्टरभित्र नरहेको स्रोतले बतायो । उनी क्रियाशीले मोर्चामा आवद्ध भई संगठनको हित विपरीत काम गरेको सेन्टरमा रहेकाहरुकाे बुझाइ छ ।

प्रेस सेन्टरले अध्यक्षको उम्मेदवारको रूपमा वर्तमान महासचिव रोशन पुरीलाई अगाडि सार्ने स्रोतले बताएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लेखनाथ न्यौपाने, महिला उपाध्यक्षमा गंगा पौडेल बराल, महासचिवमा रामकृष्ण अधिकारी, सचिवमा ज्ञानप्रसाद पौडेल, लेखा समितिको संयोजकमा दिपेन्द्र शर्मालाई अगाडि सार्ने बताइएको छ । प्रेस सेन्टरका एक पदाधिकारीका अनुसार चुनावी समीकरणहरूको आधारमा उम्मेदवारहरूको स्थिति परिवर्तन हुनसक्ने बताए ।

एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल र कांग्रेस निकट प्रेस युनियनको साझा उम्मेदवारको रूपमा निर्मला शर्मालाई अध्यक्षको रूपमा अगाडि सार्ने सम्भावना रहेको छ । यसो भएमा प्रेस सेन्टर नेपालले महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई अध्यक्षमा समर्थन गरेर अगाडि बढ्ने सम्भावना पनि रहनसक्नेगरि उसले तयारी गरेको छ। 

वि.सं. २०१२ सालमा स्थापित नेपाल पत्रकार महासंघले विभिन्न समयमा आफ्नो गाैरवमय इतिहासलाई कायम राख्दै नेपाली पत्रकारिता र पत्रकारहरुकाे हीतका लागि सक्रियता जनाउँदै आइरहेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.