टिकटक माथिको प्रतिबन्ध हट्यो






ActPro Nepal

|

२२ भदौ, २०८१

|
62

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ ।

प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.