add

नेप्से परिसूचक र कारोबार रकम बढ्यो






ActPro Nepal

|

१८ भदौ, २०८१

|
173

काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार एकैदिन १२७ अंकले बढेको नेप्से आज करिब ७ अंकले बढेको हो । आज दिनभर बजारमा ५७ अंकको उतरचढाव आएको छ ।

मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा पुगेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५६ करोड रुपैयँँले बढेर १३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहमध्ये ५ समूह्को परिसूचक बढेको छ भने ८ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४.७८ प्रतिशतले बढेको छ भने फाइनान्सको १.५७ प्रतिशतले घटेको छ ।

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक ३४ करोड ७२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, गुडविल फाइनान्सको साढे २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ ।

सामान्य अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रन डेभलपमेन्ट बैंक र वीन नेपाल लघुवित्त, मानुषि लघुवित्त र बिन्ध्याबासिनी हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, इस्टर्न हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.