add

सेयर बजारमा छलाङ :नेप्से २८०० माथि उक्लियो






ActPro Nepal

|

१७ भदौ, २०८१

|
111

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्ला ८ कारोबार दिनमै ३०७ अंकले घटेको नेप्सेले आज शतकको छलाङ हान्दै कमब्याक गरेको हो ।

प्रफिट बुक र एक चरणको करेक्सन सकिएपछि नेप्से फेरि लयमा फर्किएको लगानीकर्ताको भनाइ छ । गत असार १७ गते नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेसँगै नेप्सेले उकालो यात्रा सुरु गरेको थियो । साथै, नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेपछि नेप्सेले झनै गति बढाएको थियो । असार १७ यता डेढ महिनामै नेप्से १ हजार अंकले बढेको थियो ।

अधिक तरलता, घट्दो ब्याजदर, अर्थतन्त्रमा देखिएको सुधारको संकेत, राजनीतिक स्थिरता हुने संकेत लगायत कारणले सेयर बजारले गति लिने जानकारहरु बताउँछन् ।

सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । आज ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे २ अर्बले बढेर १३ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ७.९४ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर र लगानी ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गुडविल फाइनान्सको सर्वाधिक ४६ करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै, अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र घटेको छ ।

उछाल आएको बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स र रिलायन्स फाइनानसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, सुपर माइ हाइड्रोपावर, दोल्ती पावर, मल्टी पर्पस फाइनान्स, कालिञ्चोक दर्शन र मोदी इनर्जीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.