add

ट्रान्सरेल लाइटिङले पायो एमसीसी आयोजनाको १८ किलोमिटर सीमापार प्रसारण लाइन बनाउने जिम्मा






ActPro Nepal

|

१५ भदौ, २०८१

|
210

काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत ४०० केभीए न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको ठेक्का सम्झौता भएको छ ।

१८ किलोमिटर लामो न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले पाएको हो ।

ट्रान्सरेल लाइटिङले नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म प्रसारण लाइन निर्माणको ठेक्का १२३.६० लाख अमेरिकी डलर (करिब १ अर्ब ६६ करोड रुपैयाँ)मा पाएको हो । उक्त प्रसारण लाइन २१ महिना भित्र निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

शुक्रबार अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसी तथा एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे।

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौताले गरिरहेको प्रगतिको स्पष्ट सूचक भएको उल्लेख गरे ।

‘छिटो निर्माण सम्पन्न गर्नका लागि बृहत् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किमी सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले भने, ‘सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ ।’

अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले नेपालको ऊर्जा सम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल १८ किमीको यो प्रसारणलाइनले ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने बताए ।

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले यो प्रसारणलाइन निर्माणको सम्झौताले थप २९७ किमी लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने बताइन् ।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल (भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण हुनेछ । बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गरिने एमसीए नेपालले बताएको छ ।

एमसीए नेपालले सबस्टेशनतर्फका तीन वटै ठेक्का लगाइएको छ । तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का पाएको छ ।

त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले ठेक्का पाएको छ । यसको लागत ५ करोड १६ लाख अमेरिकी डलर (करिब ६ अर्ब ८८ करोड रुपैयाँ) छ ।

त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लिङ्कसन इण्डिया प्रालिले पाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.