add

सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट






ActPro Nepal

|

१४ भदौ, २०८१

|
89

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्सले टिकट खरिदमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुष्ट ५०० रुपैयाँ छुट पाउनेछन् । यो छुट सुविधा श्री एयरलाइन्सको सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुनेछ ।

यो सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले हाल देशका ६० जिल्लामा रहेका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.