काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ ।
सहज कर्जा प्रदान गर्ने सम्बन्धी बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालि बीच सम्झौता भएको हो।
सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा उपलब्ध गराउने छ ।
विद्युतीय बाहेकका अन्य गाडी खरिदका लागि ८० वर्षका लागि ५० प्रतिशत कर्जा उपलब्ध गराउने छ ।
कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, शाखा कार्यालयहरू र पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकको हाल देशभर १०३ शाखा कार्यालयबाट करिब ८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।