काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झण्डै ३७ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा आइपुगेको छ । आज ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु समूहको परिसूचक घटेको छ । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ ।
आज गुडविल फाइनान्सको ३७ करोड ६५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै, अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये ५३ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।
घट्दाे बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।