add

संसदीय छानविन समितिले भदौ ७ गते रविसँग बयान लिने






ActPro Nepal

|

३ भदौ, २०८१

|
137

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी गरेको छ। 

समितिले सहकारीकाे रकम गोरखा मिडियाले सञ्चालन गरेकाे ग्यालेक्सी टेलिभिजनमा लगानी, सहकारीको रकम अपचलनलगायत विषयमा डाकेर बयान लिने तयारी गरेको हो।

लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोप छ। 

समितिले पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका सांसद लामिछानेसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.