काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
आज शुभकामना सन्देश दिँदै उनले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइतारा अभिवृद्धिमा मद्दत पुग्ने बताएका छन्।
‘आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।