add

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान






ActPro Nepal

|

२ भदौ, २०८१

|
257

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पाँच दिने भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन्।

परराष्ट्रमन्त्री डा. राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। सो अवसरमा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुनेछ। 

साथै उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारीबारे छलफल गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल पनि गर्ने बताइएको छ।

उनी भदाै ६ गते स्वदेश फर्कनेछिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.