add

चार वटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा?






ActPro Nepal

|

२ भदौ, २०८१

|
248

काठमाडौ ।   प्रतिनिधिसभा अन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार आज कानून, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दैछ। 

कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ। 

पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।

बिहान ११ः३० मा बस्न् कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.