add

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन






ActPro Nepal

|

३२ साउन, २०८१

|
80

काठमाडौं । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन आह्वान गरेको हो । 

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ । 

विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित  संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजातसहित आगामी भदौ २० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.