काठमाडौं । सेयर बजारले उच्च अंकले कमब्याक गरेको छ । चार दिनमै २८० अंकले बढेर मंगलबार ८ अंकको करेक्सन आएको नेप्से आज फेरि ३५ अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबारमा झण्डै २ अर्बले बढेर २३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ बिन्दुमा पुगेको छ । आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएको १३ मध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ७.७६ प्रतिशतले बढेको छ भने म्युचुअल फण्डको परिसूचक ०.९० प्रतिशतले घटेको छ ।
आज नेपाल हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८६ करोड ५८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १५६ कम्पनीको मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्टर फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रोपावर, इङ्वा हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, गुडविल फाइनान्स, अपि पावर र मञ्जुश्री फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
आज मन्दाकिनी हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।