बढ्यो युरो र पाउन्डको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?






ActPro Nepal

|

३० साउन, २०८१

|
34

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज पनि अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसअघि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६४ र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६७ र बिक्रीदर ३५७ रुपैयाँ २६ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.