आजको पञ्चाङ्ग
काठमाडौं । २५ साउन २०८१ | शुक्रवार ९-अगस्ट २०२४। श्रावण शुक्लपक्ष, पञ्चमी तिथि। हस्त नक्षत्र। चन्द्रराशि कन्या।
आजको राशिफल
मेष : काम नबन्दै समय बित्नेछ। बालबालिकासँग खेल्दा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भय हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नु राम्रो हुने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष : धन आर्जन गर्ने अवसर मिल्नेछ। व्यापारमा भन्दा शिक्षामा फाइदा हुने योग छ। पढाइमा ध्यान जानेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने योग छ। राजनीतिमा सहभागी भए सेवाको अवसर मिल्नेछ।
मिथुन : विवादमा पर्ने जोखिम छ। वैदेशिक र कृषि क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी रोगले सताउने देखिन्छ। आफ्नै परिवारमा स्वार्थ समूह सक्रिय भएकाले बचेर काम गर्नु राम्रो हुनेछ।
कर्कट : धनलक्ष्मी योग परेको छ। आज बनेको योजना दीर्घकालीन हुनेछ। साथीको साथले राजनीति र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विदेशमा गरेको लगानी भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ।
सिंह : तपाईंको कलाको प्रशंसा हुनेछ। श्रम गरेको भए वैदेशिक क्षेत्रबाट उत्साहजनक नतिजा प्राप्त हुनेछन्। राजनीतिक क्षेत्रबाट नाम र दाम दुवै प्राप्त हुनेछन्। व्यवहार गर्दा सचेत नभए परिवारमा भने खटपटी बढ्नसक्छ।
कन्या : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। शिक्षा क्षेत्रको नतिजाले खुशी मिल्नेछ। व्यापारबाट लाभ हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
तुला : परोपरकार गर्ने बानीले घाटा हुनेछ। तपाईंलाई ठगले घेरिरहेका छन्। राजनीतिमा तपाईंका साथी विपक्षमा पुगेकाले संकट हुनसक्छ। शिक्षाको क्षेत्रबाट प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिक : दैनिकी सहज छ। लगानीको अवसर मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको लागानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य सम्बन्धी सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
धनु : समय राम्रो छ। मनमा शान्ति मिल्नेछ। तपाईंले सोचेका काम बन्नेछन्। बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको भेटले हर्ष बढ्नेछ। साथीले दीर्घकालसम्म साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर : एकपछि अर्को अवसर प्राप्त हुने दिन छ। घरमा नाग टाँसेर पूजा गरेमा भाग्यको उदय हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।
कुम्भ : लगानी गरेको भए शिक्षा क्षेत्रबाट उन्नति हुनेछ। पढ्ने जाँगर बढ्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन : सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहार गर्दा सचेत नभएमा तपाईंविरुद्ध प्रश्न उठ्ने छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।