add

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो ३८ जना भन्दा बढी कर्मचारी (विज्ञापनसहित)






ActPro Nepal

|

२४ साउन, २०८१

|
83

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदमा ३८ भन्दा बढी कर्मचारी माग गरेको छ ।

केयूकेएलले बिहीबार सार्वजनिक सूचना जारी गरि रिक्त भएका पदहरू आन्तरिक, खुला, समावेशी र प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने भएको हो।

केयूकेएलले उप प्रबन्धकदेखि कम्युटर उपरेटरसम्मको पदको लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त फाराम कम्पनीको वेबसाइट www.kathmanduwater.org डाउनलोड गरी प्राप्त गर्न सकिने बिहीबार जारी सूचनामा भनिएको छ। उमेद्वारले आज साउन २४ गतेदेखि २१ दिनभित्र आवेदन बुझाउनु पर्ने छ ।

परीक्षा दस्तुर नबिल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति भौचर संलग्न गर्नु पर्ने छ । उमेर हकमा अधिकृत स्तरको सातौं, आठौं र नवौं तह पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, छैटौं तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

महिला र अपांगता भएका व्यक्तिको लागि ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने छन्। कर्मचारी नियुक्त भएपछि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको कार्य क्षेत्रभित्र काम गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.