add

‘मोदीबेनी’काे प्रिमियर






ActPro Nepal

|

१७ साउन, २०८१

|
245

काठमाडौं । शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ।

कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रिमियरमा डेब्यू अभिनेता अमरप्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने। वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए।

अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन्। नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन्।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै कलाकारहरू प्रवीण खतिवडा, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो।

साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहालसहति क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो।

प्रिमियरमा फिल्म हेर्न प्रतिनिधिसभा सदस्य शोबिता गौतम, पत्रकार दिलभुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपाश्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्तलगायत पुगेका थिए।

ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ।

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन्।

कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे।

कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताए। समग्रमा चलचित्र मन परेको बताउँदै सबैलाई यो चलचित्र हेर्न सुझाव दिए। कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो चलचित्रमा हेर्न पाएको बताए।

अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिइन्। अमरप्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको निरौलाले प्रतिक्रिया दिइन्।

अभिनेता रमेश उप्रेतीले हेर्दै आएका चलचित्रहरू भन्दा फरक लागेको बताए।निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए। उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.