add

गौशाला–२६ ले सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने






ActPro Nepal

|

११ साउन, २०८१

|
142

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी गौशाला–२६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन्।

शान्तिपूर्ण जीवन बाँच्न चाहेको बताउँदै सर्वोच्चमा उनले नजाने बताएकी हुन्।  

गौशाला–२६ ले उच्च सरकारी वकिल कार्यालय, पाटन र महान्यायाधीवक्ता कार्यालयलाई सर्वोच्चमा नजाने व्यहोरासहित निवेदन दिएकी छन्। उक्त निवेदनमा मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरिएको छ। उनले आफंै सरकारी वकील कार्यालयमा निवेदन दिएकी हुन्।

मुद्दा दर्ता भएदेखि नै आफुलाई मानसिक रुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र आफमाथि दवाव बढाएको निवेदनमा  खुलाइएको छ।

‘लामो समयदेखि उक्त घटनाको कारण त्राशपूर्ण जीवन बाँच्दै आएको छु। मुद्दाको कारण म त्राशपूर्ण जीवन बाँच्दै आएकी छु। यो मुद्दाले पार्ने दुरगामी असरको बारेमा म अवगत थिइनँ,’ निवेदनमा उल्लेख छ।

उनले सम्मानित अदालतको फैसलामा लिएका आधारहरुलाई सम्मान गर्ने बताएकी छिन्। ‘शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारवाही थप अगाडि नबढाउन आग्रह गर्छु,’ उनले भनेकी छिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.