add

फिल्म ‘यो मन त मेरो नेपाली हो’ काे नयाँ गीत सार्वजनिक






ActPro Nepal

|

७ साउन, २०८१

|
198

काठमाडौं । नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ।

सोमबार एक कार्यक्रमकाबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

अस्मिता अधिकारी र सविन सुवेदीले स्वर दिएको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।

गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै खुशी कार्की, नारायण प्रधान, नरेशवीर सिंह फिचर्ड छन्।

मित्र प्रधानले निर्देशन गरेको फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देनलगायतको अभिनय छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.