add

बागमतीका मुख्यमन्त्री कट्टेलले राजीनामा दिने






ActPro Nepal

|

६ साउन, २०८१

|
239

हेटौंडा  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन्। उनले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिन लागेका हुन्।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिन लागेका हुन्।

जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए। ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेपछि एमालेले सरकारबाट बाहिरिएपछि  जम्मकट्टेल अल्पमतमा परेको थियो। अब बागमतीमा अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.