add

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने






ActPro Nepal

|

५ साउन, २०८१

|
182

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र एमालेले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिन लागेका हुन्।

ओली आइतबार संविधानको धारा ७६(२) बमोजिम चौथो पटक प्रधानमन्त्री भएका हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.