add

नेप्सेमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

३ साउन, २०८१

|
88

काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । यससाता मंगलबारदेखि उच्च अंकले बढ्दै आएको नेप्सेले आज पनि सोही लय कायमा गरेको छ । पछिल्ला तीन कारोबार दिनमै नेप्से १८४ अंकले बढेको छ ।

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको छ । यो पछिल्लो २७ महिना यताकै उच्च बिन्दु हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ३ अर्ब ४९ करोड रुपैयाँले बढेर १५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यो ३५ महिना यताकै धेरै कारोबार हो । यसअघि २०७८ भदौ १३ गते १५ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूह मध्ये फाइनान्स र हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स र अन्य समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ४२ करोड ४६ लाख रुपैयाँ बढीको ४ लाख ३४ हजार ११२ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै अपर तामाकोशीको झण्डै ३९ करोड रुपैयाँको २० लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखुखोला हाइड्रोपावर, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढको छ ।

त्यसैगरी, कुमारी बैंक, प्रभु बैंक र रिभर फल्स पावरका सेयरधनीले पनि ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.