add

देश विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण छ : महत






ActPro Nepal

|

२ साउन, २०८१

|
311

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशको विकासका लागि महिलाहरुको भूमिका अहम रहेको बताएका छन्।

बुधबार नेपाल महिला संघको केन्द्रीय कार्यलयको निर्माण गरिने नयाँ भवनको शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले देशमा महिलाको संख्या पुरुषको तुलनामा धेरै रहेको भन्दै देशको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण भएको बताए।

यस्तै, उनले महिलाहरुलाई राष्ट्रिय राजनीतिमा जोड्ने सवालमा महिला संघ कडी भएको पनि बताए।

‘देशमा पुरुषको तुलनामा महिलाको उपस्थिति बलियो छ। पुरुष दाजुभाईहरु कामको शिलशिलामा विदेशमा छन्। यस कारण देश विकासका लागि महिलाहरुको भूमिका अहम छ,’ उनले भने, ‘महिलाहरुलाई राष्ट्रिय राजनीतिमा जोड्ने कडीका रुपमा महिला संघ रहेको छ । महिला संघको भवनको विस्तार आजबाट थालनी भएको छ। अब यसैगरी महिला संघको संगठन विस्तार हुनेछ।’

संगठनका सबै सदस्य मिलेर महिला संघको देशव्यापी संगठन विस्तारमा लाग्नुपर्ने महतको भनाई थियो।

उनले पार्टीको भातृ संगठन महिला संघको माध्यमबाट पार्टीमा ठुलो संख्यामा महिला राजनीतिज्ञ जोड्न सफल हुने भएका कारण सबैले यसका लागि आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.