add

ओलीले गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद्






ActPro Nepal

|

३२ असार, २०८१

|
165

काठमाडौं । नवनियुक्त नेपाली प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधार्इ दिएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत ओलीलाई बधाई दिएका हुन्। ओलीलाई बधाई दिँदै उनले दुई देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको उल्लेख गरेका छन्।

‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु,’ मोदीले लेखेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई चौथो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री ओलीले केहीबेरअघि राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ लिँदै २२ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.