add

लामिछानेले भने मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस्






ActPro Nepal

|

३१ असार, २०८१

|
247

काठमाडौं । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बिदाई भएका छन् ।

हिँड्नुअघि पत्रकार सम्मेलनमा उनले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन्।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न प्रश्न उठिरहेको बताए।

उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु। न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु। तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस्।’

उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.