add

रविविरुद्धको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा






ActPro Nepal

|

१९ असार, २०८१

|
188

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा मंगलबार पनि सुनुवाई नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

अर्को सुनुवाई बुधबार हुने भएको छ। बहश सकिए संभवतः सोही दिन फैसला आउने सम्भावना छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा बहश नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई सफाई दिने गरी थमाएको पत्र अवैध रहेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध जाहेरी परेको अवस्थामा गृहमन्त्रीबाट राजिनामा दिई छानविन अघि बढाउनुपर्ने दाबी रिटमा गरिएको छ।

यसअघि सर्वोच्चले पोखराको सूर्यदर्शन सहकारीका पीडितले दर्ता गरेको जाहेरी, लामिछाने मुछिएको रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र लगायत फाइल झिकाउने आदेश दिएको थियो।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नपरेको बताउँदै पत्र दिएपछि सर्वोच्चमा प्रश्न उठाइएको हो। उक्त रिटमा अन्तिम फैसलाको तयारीमा सर्वोच्च अदालत छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.