add

सम्पूर्ण जमिन राष्ट्रियकरण नगरेसम्म देश बन्दैन : वामदेव गौतम






ActPro Nepal

|

११ असार, २०८१

|
230

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण नगरे देश विकास हुन नसक्ने बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपाल विकास हुन नसक्ने बताए।

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौं। जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन,’ उनले भने, ‘अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ।’

सांसद गौतमले भूमि मानिसलाई आवश्यकता पर्ने बस्तु उत्पादन गर्ने आधार भएके बताउँदै त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौं, देश समृद्ध हुन नसक्ने दाबी गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.