काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि आज पनि फेरि ३ जना अनुपस्थित भएका छन् ।
असार २ गते अनुपस्थित भएका कृष्ण बहादुर कार्की, डा. नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईंलाई आज बिहान ९ बजे अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, आज फेरि पनि उनीहरू अनुपस्थित भएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बोर्ड अध्यक्षका लागि ५ जनालाई सर्टलिस्ट गरेको छ । तीमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले असार २ गते आफ्नो प्रिजेनटेसन गरेका थिए ।
सर्टलिस्टमा परेका व्यक्ति पटक पटक अन्तर्वार्तामा बोलाउँदा पनि नगएपछि अब प्रक्रियानै रद्द हुने अवस्थामा पुगेको छ । कानुनु अनुसार बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
तर, सर्टलिस्टमा परेका ३ जना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिसका लागि आवश्यक संख्या नै नपुगेकाले प्रक्रियानै रद्द हुने सम्भावना बढेको हो । यद्यपि, छनोट समितिले अन्तिम निर्णय भने गरिसकेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।