काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्।
उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए। उनले पुस्तिका च्यातेर हु¥याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहु¥याउने बताए। अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताए। उनले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए।
उनले भने,‘सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ। कहिलेकाहीँ रिस पनि पोखिन्छ। तर एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रुपमा मैले आफूलाई ठान्छु। तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा प¥यो। त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर(पुस्तक च्यात्दै), यसरी हु¥याउने मन छ ।(हु¥याउन खोज्दै)। तर यो संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हु¥याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ राख्छु मैले। यो मेरो मात्रै मनको कुरा होइन।’
उनले थपे,‘अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो । यसरी सामान्य लाज, घिन पनि नराखेर राज्य स्रोतमाथि यसप्रकारको मनपरी कति दिनसम्म मानिसहरुले सहेर बस्ने हो? सामान्य लाज पनि नराख्ने । यो पढिने चिज हो । देखिने चिज हो । भन्ने कुरा पनि नराख्ने। यहाँ जिल्लाको नाम छापेर धेरै देखिन्छ भनेर जिल्लाको समेत नाम नराखी योजना राखिएको छ । ०६२÷०६३ अगाडी योजना छनौट प्रक्रिया हुन्थ्यो । बस्ती तहबाट वडा, वडा बाट गाविस, गाविसबाट इलाका हुँदै ८, ९ चरण पार गरेपछि योजना छनौट हुन्थ्यो।’
लिङदेनले थपे,‘अहिले त बजेट मन्त्रीको मुखबाट, गोजीबाट निस्कने चिर्कटोबाट आउँछ । यो विषयमा हामीले छलफल गरिदिनुपर्ने । यो जुन काम मन्त्रीज्युहरुले गर्नुभएको छ लामो समयदेखि औँला ठड्याइरहेका छौँ त्यसलाई पुष्टि गर्छ। तपाईहरुले बजेट बनाउने मौका पाउँदाखेरी जुन प्रकारको मनपरी गर्नुभयो । त्यसमा राजेन्द्र लिङदेनको कुनै आपत्ति छैन । राप्रपाको कुनै गुनासो छैन । एउटा जनताको प्रतिनिधिको हिसावले मात्रै यो आक्रोशा पोखिराखेको छु । तपाईहरुलाई धन्यवाद दिनुपर्छ । किनभने तपाईहरुले यो व्यवस्था काम लाग्दैन भनेर, यो निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर पुष्टि गर्नुभएको छ । र यसलाई चाँडो भत्काउन तपाईहरु आफैँ सहयोगी बन्नुभएको छ।’ अध्यक्ष लिङदेनले बजेट मन्त्रीको मुखबाट र गोजीबाट निस्कने चिर्कटोबाट आएको बताएका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।