काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.९ विन्दुमा पुगेको हो ।
यसदिन ३१४ कम्पनीको ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
बढ्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।