काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय समाजवादी मोर्चा प्रधानमन्त्री पुष्पकमल दाहाल ले पोलेर खाइसकेको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्रीप्रति आक्रोशित भएका उनले एक अन्तर्वार्ताका क्रममा मोर्चाको औचित्य समाप्त भइसकेको समेत बताए।
‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि। मोर्चा भए पाे सहभागी हुने, मोर्चा नै सिध्याएपछि सहभागीताको औचित्य छैन,’ उनले भने।
यादवले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको आरोप पनि लगाए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।